काठमाडौं । अभिनेता सागर लम्साल ‘बले’ हिरासतमुक्त भएका छन् । गत शुक्रबार अमेरिका बस्ने एक मोडल तथा कलाकारले फेसबुकमा सागरले आफूलाई बलात्कार गरेको भन्दै स्टाटस लेखेपछि प्रहरीले ८ दिनअघि सागरलाई सोधपुछका लागि पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले उनलाई शुक्रबार हाजिरी जमानीमा रिहा गर्दै परिवारको जिम्मा लगाएको छ ।
ती मोडल तथा कलाकारले बुधबार सागरविरुद्ध अमेरिकी प्रहरीमा जाहेरी दिइसकेकी छन् । उनले अमेरिकाको न्युयोर्क सिटी पुलिस डिपार्टमेन्टमा जाहेरी दर्ता गरेकी हुन् ।
जाहेरी परेसँगै अमेरिकी प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । नेपालमा भने उनीमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्धा चलाएर अनुसन्धान गरेको थियो ।




