निम्तो सुपारीमा परालको आगोका कलाकार

काठमाडौं । आगामी बैशाख ११ गतेबाट रिलिज हुने फिल्म ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक भएको छ। शुक्रबार निर्माण टिमले उक्त गीत ओएसआरको युटुब च्यानलमार्फत रिलिज गरेको हो।

सत्यराज आचार्य र मेलिना राईको स्वर रहेको गीतमा संगीत सत्य र स्वरुप आचार्यले दिएका छन्। सुरेन्द्र रानाको शब्द रचना रहेको यस गीतलाई म्युजिक प्रोडक्सनको काम रिकेश गुरुङको छ।

फिल्मको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत, सौगात मल्ल र सिर्जना अधिकारीको अभिनय छ । ग्रामिण परिवेशको यस गीतको भिडियोलाई कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्। लक्ष्मण सुनारले निर्देशन गरेको यस फिल्ममा संकल्प भुजेलको छायांकन रहेको छ।

हरि ॐ सिने मेकर्स प्रा।लि।को ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेलको लगानी रहेको यस भने फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्। फिल्मका गीतमा कोरियोग्राफी रामजी लामिछानेको छ। फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् भने रंग संयोजन कनाल कँवरको छ। फिल्ममा भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर तथा ट्रेलर सम्पादनको काम साहिल खानको छ।

फिल्मको वितरण आर आर फिल्मसले गर्दैछ।