सुन्दरादेवी अवार्डका स्रष्टालाई मनोनयनपत्र

काठमाडौं । चौथो संस्करणको ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’का विभिन्न ३८ विधामा उत्कृष्ट पाँचको मनोनयनमा परेका स्रष्टालाई मनोनयनपत्र प्रदान गरिएको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा उनीहरुलाई मनोनयनपत्र दिइएको हो । स्रष्टालाई अवार्ड अध्यक्ष किरण अधिकारी, नेपाल चलचित्र पत्रकार संघ उपाध्यक्ष गीता अधिकारी, साहित्यकार–गीतकार राम अविरल, जुनकिरी रोधी क्लवकी सञ्चालिका धनकुमारी थापा ‘सरु’, साकुरा कन्सलटेन्सीका अनुजकुमार श्रेष्ठलगायतले प्रमाणपत्र दिएका थिए ।

लोक, आधुनिक, तामाङ सेलो, पपसहित गीत, संगीत, शब्द, म्युजिक भिडियो लगायतमा उत्कृष्ट पाँचको मनोनयन केही समय अघि सार्वजनिक गरिएको थियो । अवार्ड आगामी २६ जेठमा काभ्रेको बनेपामा विशेष कार्यक्रम गरेर प्रदान गरिने अध्यक्ष किरण अधिकारीले जानकारी गराए । नुवाकोटबाट प्रकाशित हुँदै आएको सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनामा हुने यो राष्ट्रिय अवार्डको व्यवस्थापन नाटेश्वर कला केन्द्र तथा इभेन्ट म्यानेजमेन्टले गर्ने भएको छ ।

अधिकारीका अनुसार, अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एकजना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । कला क्षेत्रमा कलम चलाउने दुईजना पत्रकारलाई नगदसहित सम्मान गरिनुका साथै अन्य सर्जकलाई पनि सम्मान गरिने जनाइएको छ । पहिलो र दोस्रो क्षेत्रीयस्तरमा भएको यो अवार्ड तेस्रो संस्कणदेखि राष्ट्रियस्तरमा हुन लागेको हो ।