जेम्स बोण्डलाई ५० मिलियन पाउण्डको प्रस्ताव

लसएञ्जल्स(एजेन्सी) । जेम्स बोन्ड सिरिजको नयाँ फिल्मको घोषणा भइसकेको छ । यो फिल्मको घोषणासँगै नयाँ जेम्स बोण्ड को बन्छन् भन्ने चासो पनि बढेको छ । यो चासोका बीचमा फिल्म निर्माण कम्पनीले जेम्स बोण्डको फ्रेञ्चाइजीका यसअघिका अभिनेता डेनियल क्रेगलाई नै प्रमुख भूमिकामा अभिनय गराउने निर्णय लिसकेको छ ।

जेम्स बोन्ड सिरिजको आगामी सिरिजको फिल्म ‘बोन्ड २५’का लागि अभिनेता डेनियललाई अनुबन्धित भएको खबर आएसँगै नयाँ रोचक कुरा पनि सार्वजनिक भएको छ । यो फिल्मका लागि डेनियललाई करिब ५० मिलियन पाउण्ड अफर गरिएको छ । डेनियललाई फिल्ममा कार्यकारी निर्माताको रुपमा राखिने पनि प्रस्ताव गरिएको छ । डेनियलेका जेम्स बोण्डको यो भूमिका नै अन्तिम हुनेछ ।

यो सिरिजको पछिल्लो संस्करणको फिल्म ‘स्पेक्ट्रे’का लागि डेयिनलले ३७ मिलियन पाउण्ड पारिश्रमिक लिएका थिए । फिल्म निर्माण पक्षले नयाँ सिरिजको घोषणा ट्वीटरमा गरेको छ । ट्वीटरका अनुसार ००७ को भूमिकामा डेनियल क्रेग पाँचौं पटक देखिँदैछन् । फिल्मलाई डेनी बोयलले निर्देशन गर्दैछन् । डिसेम्बर ३ बाट प्रोडक्सनको काम शुरु हुने फिल्म आगामी वर्षको नोभेम्बरमा रिलिज हुनेछ ।