डोरी तान्दै रोमियो एण्ड मुना

काठमाडौं । आगामी फागुन ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘रोमियो एण्ड मुना’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा रोमियो बनेका विनय श्रेष्ठ र मुना बनेकी सृष्टि श्रेष्ठलाई डोरी तान्दै गरेको देख्न सकिन्छ । संजय थापाको डिजाइन रहेको पोस्टर सरल र आकर्षक छ ।

नरेशकुमार केसी निर्देशित फिल्ममा शहरमा बस्ने रोमियो र गाउँकी मुनाबिचको प्रेमयात्रालाई देखाइनेछ । फिल्म सुस्मा कार्की, प्रज्जवल सुजल गिरी, सुरक्षा पन्तको पनि अभिनय छ ।

प्रशन्न गोपाली, रोजी श्रेष्ठ र राम शर्माको संयुक्त लगानी रहेको फिल्ममा दिपाङ्कर सिक्दरको छायाँकन रहेको छ । टिजर, पोस्टर र दुई वटा रिलिज गरिसकेको ‘रोमियो एण्ड मुना’ टिम यतिबेला प्रचारप्रसारमा लागिरहेको छ ।