आ बाट आमाको ग्रस ५ करोड माथि

काठमाडौं । गत माघ १६ गतेबाट प्रदर्शनरत फिल्म ‘आ बाट आमा’ले ९ दिनमा ४ करोड ८० लाख ९० हजार ४८७ रुपैंयाँ ग्रस कलेक्सन गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस तथ्यांकमा फिल्मले २४ माघसम्म यो ग्रस व्इयापार गरेको हो । आइतबारसम्म फिल्मले ५ करोड २० लाख रुपैयाँ ग्रस गरिसकेको छ ।

दर्शक रुवाउने फिल्ममा स्थापित भएको यो फिल्म हेरेपछि दर्शकहरु रोएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । खासगरी दर्शकले फिल्मका प्रमुख कलाकारहरु पल शाह र विपना थापाको अभिनयको प्रशंसा गरेका छन् ।

चन्द्र पन्तको निर्देशनमा बनेको यस फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, रचना गौतम लगायतको अभिनय रहेको छ । आमा र छोराको भावनात्मक सम्बन्धको कथामा आधारित फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर,ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना निर्माता छन् ।