काठमाडौं । डायमण्ड आर्ट एण्ड कल्चरले डायमण्ड रत्न सम्मान तथा अवार्ड २०८२ कार्यक्रम सम्पत्र गरेकोछ । चलचित्र बिकास बोर्डको हलमा सम्पत्र उक्त कार्यक्रममा प्रमुख अतिथि दुर्गा प्रसाईं विशेष अतिथि बरिष्ठ कलाकार निर शाह, चैत देवि, बसुन्धरा भुषाल, दिपा श्री निरौला थिए भने कार्यक्रमको अध्यक्षता बरिष्ठ नृत्य निर्देशक गरेका थिए । कार्यक्रममा नीर शाह, युवराज लामा, बसुन्धरा भुषाललाई रत्न सम्मान गरिएको थियो ।
मोहन निरौला, दिपक तामाङ दिनेश लिङदेन र राम सरन कोइराला जुरि रहेको यस कार्यक्रमा सर्वोत्कृष्ट नायक जेरि एन टपबाट अनमोल के.सि. परानबाट नायिका अन्जना बराइली, १२ गाउँबाट नव नायक समिर भट्ट, खोजतलासबाट नव नायिका पुष्पाञ्जली लिम्बु, लाखेबाट सह अभिनेता रोहित रुम्बा, दुस्प्रयासबाट सह अभिनेत्री बिपना आङबुहाङ, पिताम्बरबाट खलनायक प्रमोद आग्रहरि, हाँस्य आशन्त शर्माले अवर्ड हात पारे ।
त्यसै गरि अन्य अवार्ड प्राप्त गर्नेहरुमा द्वन्द्ध सन्जय थापा, मेकप ईन्दु टि खत्री, संगित कृष्ण भारद्धाज, नृत्य कविराज गहतराज, छायाँकन सन्जय लामा, कथा बिकास सुबेदी, सम्पादन तारा थापा किम्बे र सर्बोत्कृष्ट निर्देशक छक्का पञ्जा ६ बाट दिपा श्री निरौला थिए । जरी अवार्ड पुर्ण बहादुरको सारंगिबाट बिजय बरालले प्राप्त गरे । आदिबासीबाट निर्देशक निमा लामा तामाङ, नायिका सुनिता लङबा तामाङ, नायक अमिर दोङ, गायक उत्तर लामा, गायिका लक्ष्मी स्याङतानले अवार्ड जित्न सफल भए ।
यस अवर्ड कार्यक्रममा केहि सिनेकर्मी र समाजसेवीहरुलाई सम्मान पनि गरिएको थियो । चलचित्रबाट निर्देशक किशोर सुब्बा, मिस पवि, गितकार डा. हरि उप्रेती, नायक बिक्रान्त बस्नेत, नायक दिनेश थापा, कलाकार खडक बहादुर पुलामी थिए भने समाजसेवीबाट बिनय जंग बस्नेत, हिमाल पाख्रीन, छिरिङ दोर्जे तामाङ, जित सिंह र गुरु कुमार खडगी थिए । २०४८ सालमा स्थापना भएको यस सस्थाले निरन्तर अवार्ड तथा सम्मान कार्यक्रमहरु गर्दै आएको छ ।







