आ बाट आमा २ मा जोडिए आकाश

काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’मा अभिनेता आकाश श्रेष्ठ अनुबन्ध भएका छन्। आकाशलाई निर्माण टिमले सोमबार फिल्ममा अनुबन्ध गरेको हो। निर्देशक पन्तले आकाशलाई फिल्मको महत्वपुर्ण भुमिकामा अनुबन्ध गरेको जानकारी दिए। फिल्ममा यसअघि पल शाह र विपना थापा अनुबन्ध भइसकेका छन् ।

आर्या इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण हुने फिल्मका अन्य कलाकार बारेमा निर्माण पक्षले केही खुलाएको छैन। बैशाखबाट छायांकनमा जाने फिल्ममा निर्देशक पन्तकै कथा लेखन छ ।

फिल्म ‘आ बाट आमा’ले १३ करोडभन्दा माथिको व्यापार गरिसकेको छ। पहिलो भागमा विपना आमा र पल छोराको भुमिकामा थिए । बुवाको भुमिकामा भारतीय अभिनेता प्रदीप रावत थिए। दशैंमा रिलिज हुने फिल्म आर आर फिल्मसले वितरण गर्दैछ ।