काठमाडौं । गायिका सारिका घिमिरेले ‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’को सफलता पछि ‘गुन भुल्यौ–२ साइला दाइ’ लिएर आएकी छन् । सारिकाकै शब्द, संगीत, स्वर र मनोज परियारको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियोमा केशवराज भट्टको निर्देशन छ । भिडियोमा करण चैसिरको छायांकन र मनोज कार्कीको सम्पादन छ ।
प्रेमविछोडको पीडा समेटिएको गीतको भिडियोमा सारिका, सौर्य तिरुवा र जेरी भण्डारीको अभिनय छ । गीतमा आफूले माया गरेको मान्छे, आफूले गुन लगाएको मान्छेले भुल्दै गएको पीडा व्यक्त गरिएको छ । भुलेर जाने मायालाई सारिकाले गीतमार्फत गुनासो गरेकी छन् ।
गायन, मोडलिङ, अभिनय र सिर्जनाको यात्रामा डेढ दशक बिताएकी सारिकाको यो गीतका टिकटक र रिल्समा पनि भिडियो बनिरहेका छन् । गीतको भिडियो सारिकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।




