लालीबजारको मिठो संसारमा आमाछोरीको प्रेम

काठमाडौं । षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक भएको छ । फिल्मका दृश्यहरूलाई समावेश गरेर तयार गरिएको लिरिकल भर्सनको गीतमा समीक्षा अधिकारीसँगै दिलिजा रुवाली, अलिशा शर्मा र पुर्णिमा तामाङको स्वर छ। कोरसमा गुराँस ठकुरी र गायत्री राना मगरको स्वर सुन्न सकिन्छ ।

उक्त गीतमा शब्द, सङ्गीत जयन जे वाइवा रहेको छ । पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ लाई युट्युबमा भ्यूज एक करोड बढी भ्यूज प्राप्त भएपछी निर्माण पक्षले दोस्रो गीत सार्वजनिक गरेको हो । ‘मायालाई के दिउँ म बैना’ करोड भ्यूज नाघेको अवसरमा निर्माण पक्षले केक काट्दै खुसियाली समेत साटेको छ ।

सार्वजनिक गरिएको दोस्रो गीतमा फिल्मका कलाकार स्वस्तिमा खड्का, प्रशंसा सुवेदी र बाल कलाकार समाइरा थापा लगायत फिचर्ड छन् । फिल्मका लेखक तथा निर्देशक यम थापाले सार्वजनिक दोस्रो गीत फिल्मको कथासँग जोडिएको बताए । उनले भने, ‘गीतमा आमा र छोरी बीचको प्रेम देखाइएको छ । छोरी प्रति आमाको माया र हुर्काउन गर्ने सङ्घर्षलाई चित्रण गरिएको छ ।’

फिल्म आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेलाई तय गरिएको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ ।

निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्मको पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् । फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट) कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, सङ्गीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ ।