काठमाडौं । नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ मुहूर्त गरिएको छ। मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँ वडा नम्बर १ मा फिल्मको मुर्हूत गर्दै छायाँकन थालिएको हो ।
फिल्ममा अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाको निर्देशन तथा मुख्य भूमिकामा अभिनय रहनेछ । नीताका साथमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको अभिनय रहनेछ। फिल्मका कार्यकारी निर्माता शंकर पाण्डे हुन्।
फिल्ममा निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको छ भने यस फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदिप बरालको डिओपी रहेको यस फिल्ममा सरोज अधिकारी क्रियटिभ निर्देशक रहेका छन्। सरोज कार्टुन क्रुका डान्सर तथा निर्देशक हुन्।
फिल्ममा प्रोडक्सन म्यानेजर छन्। साथै निर्मातामा हरिहर अधिकारी छन्। फिल्मको सम्पादन साहिल खानको रहने छ भने यस फिल्मको पोस्टर डिजाइन् रोयल भिमसेनको छ।
फिल्म आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउनेछ । फिल्मको सुटिङ सेड्युल एक महिना आसपासको रहेको छ। यसअघि निता फिल्मस्को व्यानरमा फिल्म ‘ह्रस्वदीर्घ’निर्माण भएको थियो।




