मिस नेपाल नर्थ अमेरिका २०२६ को आवेदन खुला

काठमाडाैं । सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था ड्रिम्स युनिभर्सलले विहिबारदेखि आवेदन खुला भएको जानकारी दिएको हो । आठौँ संस्करणसम्म न्यूयोर्कमा हुदै आएको यो प्रतियोगिता यसपटक भने वासिङ्टन डीसीमा हुने आयोजक प्रमुख शैलेन्द्र श्रेष्ठले बताए । उनका अनुसार अमेरिकामा बस्दै आएका चन्द्र लामाको कम्पनी युएसए ईन्टरटेन्मेण्टले लोकल होस्ट बनेर यो प्रतियोगितामा सहकार्य गर्दैछ ।

शैलेन्द्रका अनुसार यसपटकको संस्करणमा नेपाली फिल्म क्षेत्रसहित अन्य क्षेत्रका सेलिब्रेटीहरुको समेत उल्लेखनिय उपस्थिती हुनेछ । कार्यक्रमको फिनाले जुलाई २५ (साउन ९) गते हुनेछ । प्रतियोगितामा सहभागी हुन अमेरिका र क्यानेडा बस्ने १८ देखि २९ वर्ष उमेर समूहका, अविवाहित हुनुपर्ने मापदण्ड राखिएको छ ।

त्यस्तै, न्यूनतम शैक्षिक योग्यता उच्च माध्यमिक प्लस टु वा सो सरह हुनुपर्नेछ भने उचाइ कम्तीमा ५ फिट १ इन्च हुनुपर्नेछ । ‘नेपाली महिलालाई सशक्त बनाउँदै, आगामी पुस्तालाई सशक्त बनाउने’ भन्ने नारासहित यस वर्षको प्रतियोगिता आयोजना हुँदैछ ।