काठमाडौं । गायक खेम सेन्चुरी र गायिका सपना रोकाको स्वर रहेको गीत ‘कति राम्री’ सार्वजनिक भएको छ। उक्त गीत सपना रोकाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा रमेश परियारको शब्द तथा नविन परियारको संगीत रहेको छ। संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ एचबिएन किस्मतले गरेका छन् भने रेकर्डिङ रूपमा राज खड्काले गरेका हुन ।
भिडियोमा अभिनेता पल शाह र मोडल साद्रिना ठकुरीको अभिनय छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्।भिडियोको छायांकन बुद्ध थापाले गरेका छन् भने सम्पादन, कलर तथा ग्राफिक्स मनोज कार्कीले गरेका छन्।




