काठमाडौं । आगामी जेठ ८ गतेबाट रिलिज हुने फिल्म ‘मितज्यू’को टिजर सार्वजनिक भएको छ। आइतबार ओएसआरको युटुबमार्फत सार्वजनिक टिजरमा एक युवतीका लागि झगडा गर्ने दुई युवाले झगडा नगर्न मित लगाएको विषयलाई उठान गरिएको छ । झगडा गर्ने युवामा सौगात मल्ल र दयाहाङ राई छन् ।
हराउँदै गएको मितेरी साइनोलाई दर्शकले यो २ मिनेट लामो टिजरमार्फत झलक देखाइएको छ । टिजरमा दयाहाङ, सौगातका अलवा खबपु, तेरिया फौजा मगर, सुवर्ण थापा, शिशिर वाङ्देललगायत छन् ।
अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको यस फिल्ममा दयाहाङ राई,सौगात मल्ल,तेरिया फौजा मगरका अलवा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय छ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्म जनक घर्ती मगरले निर्माण गरेका हुन्। लोकेश बज्राचार्यको सम्पादन रहेको यो फिल्ममा शिशिर बिशंखेको छायांकन छ ।
आरआर फिल्म्स वितरक रहेको यो फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।




