काठमाडौं । फिल्म ‘रोल नं १’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा छोराले राम्रोसँग पढेर गाउँमा इज्जत राखिदियोस् भन्ने बुवाको चाहना तर छोराको फरक रुची देखिएपछिको असमझदारीलाई ट्रेलरमा समेटिएको छ । परिवारको इच्छा पूरा गरिदिन प्रयास गरे पनि रुचि नहुँदा असफल भएको दृश्य ट्रेलरमा छ ।
विनोद पौडेलको निर्माण रहेको फिल्म जेठ १५ गते प्रदर्शनमा आउँदै छ । जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।





