काठमाडौँ । दरबारमार्गस्थित होटल याक एण्ड यती शुक्रबार साँझ फेसनमय भयो । झकिझकाउ सजावत सहित आयोजित ‘आईईसी डिजाइनर रनवे –१५’ नाम फेसन शोमा १८ सेलिब्रेटी र मोडल एउटै र्याम्पमा फेसनका नयाँ डिजाइन प्रदर्शन गरे ।
आईईसी कलेजको आयोजना रहेको फेसन शोमा शिल्पा मास्के, निती शाह, स्वस्तिमा खड्का, आँचल शर्मा, अस्मी श्रेष्ठ, कविता नेपाली, हिमान्चल राज केसी, श्रीच्छा प्रधान, आस्था पोखरेल, सबिता कार्की, इभा गिरी, आना शर्मा, मलिका महत, अदीति अधिकारी, दीपशिखा नेपाल र प्रेमा लमगाडे लगायत फेसनका आकर्षक र नयाँ डिजाइन सहित र्याम्पमा प्रस्तुत हुँदा दर्शक दिर्धबाट सिटी र तालीको बर्षा भएको थियो ।
सेलिब्रेटीले मोहित बनाएको उक्त फेसन शोमा ६६ जना भन्दा बढी डिजाइनरहरूले तयार पारेका बिभिन्न आकर्षक फेसनमका डिजाइन ३० जना व्यवसायीक मोडलहरूले बिभिन्न १७ सिक्वेन्सहरूमा र्याम्पमा प्रदर्शन गरेका थिए ।
भारतका चर्चित कोरियोग्राफर यतिन गान्धी कारियोग्राफी रहेको शो शोको भब्य म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालल गरेको थियो । नेपालमा आयोजना भएका फेसन शो मध्य ग्राण्ड भब्य फेसन शो ‘आइससी डिजाइनर रनवे –१५’ भएको सहभागीले प्रतिक्रिया दिएका थिए ।
अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसनको शोको रुपमा कार्यक्रम म्यानेजमेन्ट गर्न आफु सफल भएकोे नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।
नेपाली फेसन जगतलाई नयाँ उचाइ दिने र नेपाली डिजाइनरहरूको कलालाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘आईईसी डिजाइनर रनवे–१५’ आयोजक गरिएको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् । शोले फेसन प्रेमीहरूको विशेष ध्यान तान्ने सफल भएको बताएकी अधिकारीको यस्तो शोले आगामी दिनमा पनि निरन्तरता पाउने भनाई थियो ।





