असारे भाकामा काजीको ज्यानको तिर्खा

काठमाडौं । गत जेठ ८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’सार्वजनिक गरिएको छ । प्रशान्त सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा रचना रिमाल र प्रशान्तकै स्वर छ ।

भिडियोमा फिल्मका मुख्य कलाकार विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, संदीप बाबु लोहनीलगायतको अभिनय छ । रोपाइँको सेटअपमा तयार पारिएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।

फिल्मले राम्रो प्रतिक्रिया पाएपछि अभिनेता विपिन कार्की प्रचारप्रसारमा व्यस्त छन् । उनी एक्लै विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । फिल्म रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। राम प्रसाद रिजालको प्रस्तुतिमा निर्माण भएको फिल्ममा लक्ष्मण रिजालको निर्देशन छ ।

असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्ममा चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, कविराज गहतरजको नृत्य निर्देशन, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर, सागर अर्यालको साउण्ड डिजाइनर र सुजिल कर्माचार्यको पार्श्व संगीत, प्रोडक्सन हेड प्रकाश हमाल, विपीन मल्लको सम्पादन, बनिश शाहको सुपरभाइजर सम्पादनमा बनेको छ।

प्रदीप भारद्धाजको कथा लेखन रहेको फिल्मका निर्मातामा नेहान रिजाल, विकाशराज जोशी रहेका छन् ।