खोज तलासको विशेष प्रदर्शनी

काठमाडौं । यल्ली वूूड फिल्म्स प्रालिद्वारा निर्माण गरिएको फिल्म ‘खोजतलास’ बुधबार साँझ चलचित्र विकास बोर्डमा विशेष प्रर्दशन गरिएको छ । दिनेश लिङ्देनको कथा र निर्देशन रहेको फिल्ममा समाजमा घटने आपराधिक घटनाविरुद्धको संघर्षलाई देखाइएको छ ।

फिल्ममा रुद्र पाहिम, विमला खजुम, पुष्पाञ्जली लिम्बु, पुजा गिरी, शैलेन्द्र नाल्बो, राजकुमार शाह, रोहन सेन्चुरी, सागर केरुङ, तेज मेन्याङबो, राजु घिमिरे, दिपेन्द्र नाल्बो, शर्मिला शर्मा दिलिप योङहाङ र पुर्ण सेलिङको अभिनय छ ।

इलाम, पाँचथर, झापा काठमाडौमा छायांकन गरिएको यस फिल्ममा विकास चौधरी र रोशन वान्तवा राईको संगीत, कमल राईको नृत्य, कुमार महर्जनको द्वन्द्ध, शिव ढकाल, हेमन योन्जन र ज्ञानु राईको छायांकन छ ।

शैलेन्द्र नाल्बो निर्माता रहेको यो फिल्म युके, अमेरिका, हङकङ, अष्टे«लियालगायतका देशमा प्रदर्शन गरिएपछि मात्र नेपालमा रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।