काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक भएको छ । सर्जक शंकर पाण्डे मुक्तिको प्रस्तुति रहेको उक्त गीत गत बिहीबार मानव सेवा आश्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सार्वजनिक गरे ।
गीतले जीवन, परिवार, सम्बन्ध र आफ्नोपनको भावलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ । गीतमा मुक्तिको शब्द, र संगीतकार सन्तोष श्रेष्ठको सङ्गीत छ ।
माधवराज खरेल निर्देशित भिडियोमा दीपेन्द्र सोनम, समिया कार्की, ज्योत्स्ना घिमिरे, रश्मि भट्ट, वसन्तराज रिजालको अभिनय छ । भिडियोमा बाल कलाकार आयुश पाण्डे, मीरु पराजुली, समझ पाण्डे, अमानी पाण्डे र आर्जन पाण्डेलाई पनि देख्न सकिन्छ ।
भिडियोमा अजय रेग्मीको छायांकन, विनोद वमको सम्पादन, सरिता मगरको श्रृङ्गार छ ।





