काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’को अभिनेत्रीका रुपमा निकिता आचार्य अनुबन्ध भएकी छन्। निर्माण पक्षले बिहिवार उनलाई फिल्मका लागि अनुबन्ध गरेको हो। निर्माता तथा निर्देशक पन्तले निकितालाई मुख्य भूमिकामा अनुबन्ध गरेको बताए ।
आगामी असोज ३० गते अर्थात दसैंको फूलपातीबाट प्रदशर्नमा आउने यस फिल्ममा यसअघि पल शाह,आकाश श्रेष्ठ,विपना थापा,प्रदीप रावतका अलवा साइग्रेस पोखरेल,गजित बिष्ट,नरेन खड्का अनुबन्धित भइसकेका छन्। फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहेको छ।
नेपालमा यस फिल्मको वितरण भने आरआर फिल्मस्ले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। आर्या इन्टरटेन्टमेन्ट प्रालीको व्यानरमा निर्माण हुने यस फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।





