काठमाडौ । गायिका मिना राई र गायक निर्वाण निश्चल रार्ईको स्वर रहेको ‘मह भन्दा गुलियो’ बोलको भिडियोे सार्वजनिक भएको छ । भिडियो गायिकाको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । गीत मेला महोत्सवमा गाइने पुर्वेली शैलीमा आधारित छ ।
डिपि खनालको शब्द, देवेन्द्र बरालको संगीत, विश्व अधिकारीको एरेन्ज, मिस्किङ, माष्टरिङ रहेको गीतको भिडियोमा हरिष निरौला ‘कक्रोज’, तृष्णा बराइली, मनि राई सशिकला तामाङ्ग आदिको अभिनय छ ।
भिडियोमा कोरियोग्राफी रोशन विश्वकर्मा, छायांकन दिनेश पराजुली, सम्पादन अनिल कोयी राई र निर्देशन अमृत चापागाईंको रहेको छ ।




