फ्लोरमा जाँदै नीताको पार्वती

काठमाडौं । नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘पार्वती’ छायांकनमा निस्किने भएको छ। निर्माण टिमले यहीँ चैत २४ गतेबाट छायांकनमा निस्किने तयारी गरेको जानकारी दिएका छन्। फिल्मकी निर्देशक नीता ढुंगानाका अनुसार आगामी भदौ १२ गते फिल्म रिलिज हुनेछ ।

यस फिल्ममा निर्देशक ढुङ्गाना आफै मुख्य भुमिकामा अभिनय गर्दैछिन्। नीताका साथमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको अभिनय रहनेछ। निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्।

सुदिप बरालको डिओपी रहेको यस फिल्ममा सरोज अधिकारी क्रियटिभ निर्देशक रहेका छन्। सरोज कार्टुन क्रुका डान्सर तथा निर्देशक हुन्। उनी पहिलो पटक यस फिल्ममा क्रियटिभ निर्देशकका रुपमा काम गर्न लागेका हुन्।

यस फिल्ममा प्रोडक्सन शंकर पाण्डेले हेर्दैछन् । फिल्ममा उनी नै कार्यकारी निर्माता पनि छन्। फिल्मको सम्पादन साहिल खानको रहने छ भने यस फिल्मको पोस्टर डिजाइन् रोयल भिमसेनको छ।