राम नाम सत्यपछि हेराईमा माइकल

काठमाडौं । गतवर्ष रिलिज फिल्म ‘राम नाम सत्य’का निर्देशक माइकल चन्दले नयाँ फिल्म ‘हेराइ’ निर्देशन गर्ने भएका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको फिल्मको हाल धमाधम प्रि–प्रोडक्सनको काम भइरहेको छ । फिल्मको छायांकन केही महिनामा नै सुरु गर्ने तयारी माइकलको छ ।

यसपटक भने माइकलले पूर्णतया प्रेमकथामा फिल्म बनाउदैछन् । ‘राम नाम सत्य’ भने पूर्ण रुपमा एक्सन जनराको फिल्म थियो । जसले, नेपाली बक्स अफिसमा साढे ३ करोड हारहारीको ग्रस कलेक्शन गरेको थियो ।

नयाँ फिल्मका लागि कलाकारहरु कोही पनि फाइनल भएका छैनन् । ‘एक हेराई अनेक वुझाई’ ट्याग लाइन दिइएको यो फिल्ममा किशोर भट्ट, हेमन्त शाह र स्वेता विमली निर्माता छन् । सह–निर्माता राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् । फिल्म यसैबर्ष रिलिज गर्ने योजनामा माइकल छन् ।