बबिना र विश्वको दुनियाँ भुलेर आए

काठमाडौँ । गजलकार सरोज संगम रावलद्वारा रचित गजल ‘दुनियाँ भुलेर आए’ सार्वजनिक भएको छ । गायिका तथा संगीतकार बबिना भट्टराईको संगीत रहेको उक्त गजलमा गायक विश्व नेपाली र बबिना भट्टराईको नै स्वर तथा साहस शाक्यको एरेन्ज छ ।

बबिना भट्टराईको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गजलमा सरोज बुढाथोकीको श्रृङ्गारमा गायिका तथा संगीतकार बबिना भट्टराई र गायक विश्व नेपालीको अभिनय छ ।

भिडियोको निर्देशन केशव राज भट्टले गरेका हुन् जसमा प्रकाश खड्काको सिनेमाटोग्राफी र मीन रावलको सम्पादन र कलर ग्रेडिङ रहेको छ ।