काठमाडौं । गायक मदन ढकाल र गायिका दीपिका बयम्बुको स्वरमा रहेको गीत ‘मुग्लिन’ सार्वजनकि भएको छ । गीतमा गायक मदनकै शब्द र घनश्याम खत्रीको संगीत छ । एरेन्ज आशिष अबिरलले गरेका हुन् ।
गीतको भिडियोमा सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), सुनिशा बजगाईं (सीता), जुनु एसडी र गायक मदनको अभिनय छ । जेरी भण्डारीको कोरियोग्राफी र निर्देशन रहेको भिडियो दिनेश पराजुलीले खिचेका हुन् भने सुजन कोइरालाले सम्पादन गरेका हुन् ।
गीतको भिडियो बले इन्टरटेनमेन्ट युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ।







