काठमाडौं । इसेवाको ब्रान्ड गीत ‘सबै, सधैं, सँगै’ सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक युट्यूब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो।
गीतले आपसी साथ, भरोसा र एकताको भावनालाई उजागर गरेको छ। गीतले परिवर्तन र चुनौतीका बीच पनि एकअर्काको साथमा उभिने सन्देश बोकेको छ। गीतमा एकअर्कालाई साथ दिँदाको मौन शक्ति र सामूहिक एकतालाई उत्सवका रूपमा प्रस्तुत गरिएको छ ।
विप्लव प्रतीकको शब्दमा रहेको यस गीतमा मनोजकुमार केसीको संगीत र सुबानी मोक्तान, शीतल मोक्तान, प्रजिना, रोहित जोन क्षेत्री, प्रिजोल नेपाली, रिना गिरी, सुशान्त घिमिरे र प्रवेशकुमार श्रेष्ठको स्वर छ । गीतमा प्रिन्स नेपालीको सारङ्गी वादन छ।
इसेवाले यो गीत कठिन समयदेखि परिवर्तनको यात्रासम्म एकअर्कालाई साथ दिँदै अघि बढ्ने विश्वासको प्रतिनिधित्व रहेको जनाएको छ ।







