मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सकारात्मक विचारले व्यक्तित्वमा निखार आउनेछ। स्वास्थ्य सबल रहनेछ। मेहनतले सजिलै लक्ष्य सम्म पुग्न सकिनेछ। पशुपालन र व्यापार व्यवसायबाट लाभ हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
परिश्रम र मेहनतको पूरा फल नमिल्ला। काम समयमा पूरा नहोला। अनावश्यक खर्च बढ्नाले आर्थिक स्थिति कमजोर रहनेछ। विदेशतिरबाट कुनै शुभ सूचना मिल्ला। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आयस्रोतमा वृद्धि हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। रचनात्मक कार्यमा समय व्यतीत हुनेछ। नयाँ सम्पर्कबाट लाभ मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
उच्च पदस्थ अधिकारीहरूको सहयोग मिल्नेछ साथै सरकारी वा प्रशासनिक मामलाहरूको लागि समय अनुकूल रहेको छ। नयाँ नोकरीलाई लिएर इन्टरभ्यु को लागि दिन राम्रो रहेको छ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धार्मिक र सांस्कृतिक समारोहमा सम्मिलित भइएला। कार्यक्षेत्रमा अनुभवी व्यक्तिहरूको सहयोग मिल्नेछ। परिवार वा आफन्तहरूको सहयोगले मनोबल उच्च रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायमा चुनौतीपूर्ण परिस्थितिको सामना गर्नुपर्ला। शत्रुहरू सक्रिय रहनेछन्। सञ्चित रकम खर्च हुनाले आर्थिक पक्ष कमजोर रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार व्यवसायमा सफलता मिल्नेछ। जीवनसाथीसँग र व्यापारिक मामलाहरूले गर्दा सुखद यात्राका योग छन्। करियर वा नोकरीलाई लिएर नयाँ प्रस्तावहरू आउनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यमा सुधार हुनेछ। रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। वित्तीय वा सहकारी मुद्दा मामलाहरू सुल्झिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सन्तानको उन्नति प्रगतिलाई लिएर मन चिन्तित रहनेछ। विद्यार्थीहरूमा पढाइलाई लिएर एकाग्रताको कमी देखिएला। आफ्नो व्यवहार र बोलीले अरुको मन जित्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
पारिवारिक सुख शान्तिमा कमी आउनेछ। चलिरहेको काममा कुनै कुरालाई लिएर बाधा उत्पन्न होला। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। नकारात्मक सोचले मन अशान्त रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
महत्वाकांक्षी योजनाहरू पूरा हुनेछन्। पुराना मित्रहरूबाट राम्रो सहयोग पाइनेछ। धैर्य वा पराक्रमद्वारा आफ्नो अधिकार स्थापित गर्न सफल भइनेछ। भाइबहिनीहरूसँग मनोरञ्जनात्मक समय व्यतीत हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साहसिक कार्य गर्ने समय रहेको छ। व्यापार व्यवसायमा नयाँ लगानी लगाउनु पर्ला। प्रेम र मित्रताको बन्धन कसिनेछ। पदीय जिम्मेवारीको दुरुपयोग नगर्नुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।




