आ बाट आमा २ः सुटिङ नहुँदै अमेरिका र क्यानडा सोल्ड आउट

काठमाडौं । सुटिङ सुरु नहुँदै फिल्म ‘आ बाट आमा २’को अमेरिका र क्यानडा अधिकार सोल्ड आउट भएको छ । कलाकारको छनोट चरणमा रहेको यो फिल्मको घोषणा गरे लगत्तै यी दुई देशमा सोल्ट आउट भएका हुन्।

डोको फिल्म्सले यो फिल्मलाई महँगो रकममा दुई देशका लागि खरिद गरेको हो। फिल्मको पहिलो भाग अर्थात ‘आ बाट आमा’ बक्सअफिसमा सुपरहिट साबित भएको थियो । फिल्मका निर्देशक चन्द्र पन्तका अनुसार पहिलो संस्करणको सफलताले गर्दा नै विदेशमा रहेका वितरकहरुले ‘आ बाट आमा २’प्रदर्शन अधिकार खरिद गर्न थालेका हुन्।

फिल्ममा पल शाह,विपना थापा,आशा श्रेष्ठ, प्रदीप रावत, गजित बिष्ट, नरेन खड्कालगायतका कलाकार अनुबन्ध भएका छन्।

आगामी दसैं अर्थात असोज ३० गतेबाट प्रदर्शनमा आउने यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहेको छ। फिल्मको वितरण आर आर फिल्मस्ले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिइसकेको छ। आर्या इन्टरटेन्टमेन्ट प्रालीको व्यानरमा निर्माण हुने यस फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।