काठमाडौँ । शुक्रबार प्रधानमन्त्रीको शपथ लिन लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गीत सार्वजनिक गरेका छन् । बालेनकै आधिकारिक युट्युब च्यानलमा बिहीबार साँझ रिलिज गरिएको गीतमा उनकै शब्द, संगीत र स्वर छ ।
भिडियोमा बालेनले चुनाव प्रचारका लागि गरेको देश दौडाहाको दृश्य समेटिएका छन् । भिडियोमा जनतासँगको कुराकानी, उनीहरुसँगको आत्मियता र सम्मानलाई देखाइएको छ । बालेन आफैं कुशल र्यापर पनि हुन् । प्रतिनिधि सभाको निर्वाचनमा आउनु अघि उनी काठमाडौं महानगरपालिकाको मेयर थिए ।
गीतमा किरण बरालको फ्ल्युट, विकेश मगरको सम्पादन, फोसेल र क्रोनिक बेजको संगीत उत्पादन र फोसेलको मिक्सिङ तथा मास्टरिङ छ ।




