१२ गाउँ २ बाट राजको कमव्याक

काठमाडौं । निर्देशक तथा अभिनेता बिराज भट्टको फिल्म ‘१२ गाउँ २’ मा पुराना तथा नयाँ कलाकारहरूको जोडिने क्रम जारी छ । लामो समयदेखि फिल्म क्षेत्रबाट टाढिएका अभिनेता राज हमाल करिब २० वर्षपछि पुनः यही फिल्ममार्फत कमव्याक गरेका छन् । उनले यसअघि ‘बाटुली’, ‘जय शिव शंकर’, ‘म छुनी तिम्रो’ लगायत दर्जनौं फिल्ममा अभिनय गरेका थिए ।

त्यस्तै ‘१२ गाउँ’ मा विराजको किक लागेर नाक भाँचिएको दृश्यपछि चर्चामा आएका कलाकार कालु राना पनि सिक्वेलमा जोडिएका छन् । फिल्मको छायांकन अहिले धमाधम भइरहेको छ ।

एक्सन, ड्रामा र पारिवारिक भावनालाई समेटेर निर्माण भइरहेको फिल्म यस वर्षको दशैंको फूलपातीमा रिलिज हुँदैछ । फिल्ममा समीर भट्ट, अनुपविक्रम शाहीलगायतका कलाकारको पनि अभिनय रहनेछ ।