काठमाडौं । फिल्म ‘स्त्री’ आगामी मंसिर ११ गते रिलिज हुने भएको छ । समीर राइको निर्माणमा तयार भएको यो फिल्ममा जीवन शाहीको निर्देशन छ । टौवा क्रियशनले तयार पारेको यो फिल्मको पोष्टरमा फिल्मका अधिकांश कलाकारहरुको फरक–फरक अवतार देख्न सकिन्छ ।
फिल्ममा दीपाश्री निरौला, प्रमोद अग्रहरि, सलोन बस्नेत, नम्रता श्रेष्ठ, रिस्ता बस्नेत र दिनेश डीसीको मुख्य भूमिका छ । पोष्टरको पृष्ठभूमीमा रातो रंग प्रयोग गरिएको छ ।
यसले, पनि फिल्म सस्पेन्स थ्रीलर कथामा बनेको अनुमान लगाउन सकिन्छ । एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले नेपालमा वितरण फिल्ममा सुरविर पण्डित, नरेन्द्र थापा, देव सरकार, रश्मी भट्ट, अस्मिता बस्नेत, काजल कर्ण, अन्जु सुनार, रामबाबु हुमागाँई, कल्पना श्रेष्ठ, समीर लामा लगायतका कलाकारहरुको पनि अभिनय छ ।
फिल्ममा रामशरण उप्रेतीको डीओपी, बाबुल गिरीको संगीत, देव महर्जन र शंकर महर्जनको एक्सन, बन्दे प्रसादको सम्पादन, एलिस कार्कीको बीजीएम छ ।





