मितज्यूको गैराघरे काँइलीमा कलाकारको छमछमी

काठमाडौं । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’को गीत ‘गैराघरे काँइली’ सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार सार्वजनिक गरेको गीतमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरको अभिनय छ । लोकलयमा आधारित यस गीतमा तीनैजना कलाकारले कम्मर मर्काएका छन् ।

श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वर रहेको गीतमा गायक मल्लकै शब्द र संगीत छ। गीतको एरेन्ज श्याम श्वेत रसाइलीले गरेका हुन्। यस गीतको कोरियोग्राफी भने मिङ्मा डि लेप्चा हुन्।

फिल्मका निर्माता जनक घर्ती मगरले फिल्मको कथा अनुसार नै गीत राखेको बताए। उनले भने, ‘फिल्मको कथाले जुन गीत मागेको थियो, सोही राखेका छौँ। यसमा हामीले कुनै कम्प्रमाइज गरेका छैनौँ। ’

ग्रामीण परिवेश र पहाडी पृष्ठभूमिको सामाजिक कथामा बुनिएको यो फिल्ममा अनिल बुढा मगरको निर्देशन छ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय छ ।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मको , सम्पादक लोकेश बज्राचार्य, छायाँकार शिशिर बिशंखे हुन। फिल्मको मुख्य सहायक निर्देशकको जिम्मा फिरोज खड्काको छ। सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई रहेका छन्। प्रोडक्सन डिजाइनर किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर,प्रतीक्षा भाट क्षेत्री हुन्।

फिल्मको द्वन्द्व निर्देशन प्रभात विष्ट,साउन्ड डिजाइनर नवीन श्रेष्ठको छ। साथै फिल्मका गीतमा संगीत श्रीकृष्ण बम मल्लले दिएका छन् भने फिल्मका गीतमा संगीतकार मल्ल,मेलिना राई र लक्ष्मी मल्लले गाएका छन्।

आरआर फिल्म्स वितरक रहेको यो फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।