आई एम जितबहादुर टिजरमा जितुको संघर्ष

काठमाडौं । अभिनेता जितु नेपालले पहिलो पटक निर्माण गरेको फिल्म ‘आई एम जिततबहादुर’को टिजर सार्वजनिक भएको छ । भारतका बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको यस फिल्ममा कलाकार बन्न गाउँबाट शहर पुगेर संघर्ष गर्ने एक साधारण युवाको कथालाई रोचक ढंगमा प्रस्तुत गरिएको छ ।

जितुको प्रमुख भूमिकामा रहेको यस फिल्ममा उनको जोडी अभिनेत्री बर्षा राउत छिन । फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनालको पनि अभिनय छ ।

कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको फिल्ममा निश्चल कुवर र निरज नेपाल कार्यकारी निर्माता छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारी निर्माताका रुपमा छन् ।

भारतीय सिनेमाटोग्राफर अरविन्दले खिचेको यो फिल्म आउँदो वर्षको असारमा प्रर्दशन गर्ने निर्माण पक्षले जनाएको छ ।