काठमाडौं । फाल्गुनन्द लिङदेन फिल्मस् प्रालिको आयोजनामा अमेरिकामा सातौं संस्करणको ‘एफएलएफ अवार्ड’ हुने भएको छ । भाषा सस्कृतिमा निर्माण भएका फिल्म र म्युजिक भिडियोहरुको सहभागिता रहने यो अवार्डमा अंकित शर्मा, विनोद शेरेङ, आशिष लिङ्देन, याशेली योङहाङ र वसन्ती राई निर्णायक छन् ।
आयोजकले अवार्डमा मनोनयनमा परेका कलाकारहरुको नाम पनि सार्वजनिक गरेको छ । जस अनुसार नायकमा रोहित रुम्बा, सोम लामा, रुद्र पाहिम, उमेश गुरुङ, नायिकामा लक्ष्मी योङहाङ, विमला खाजुम, निश्मा जिमी, बिपना आङबुहाङ, पुष्पाञ्जली लिम्बु मनोनयनमा परेका छन् ।
त्यस्तै गायनमा भीम मगर, जेपी नेम्वाङ, शम्भु फोम्बो, डिआर हाङसरुम्बा, मिरा फियाक, निरन्ता नेम्वाङ, मनु नेम्वाङ, एन्जिला नेम्वाङ, राजकुमार लिङदेन, पुर्ण सेलिङ, नन्दु तुम्बापो मनोनयनमा छन् ।
यस्तै निर्देशनमा सागर केरुङ, दिपक तामाङ, द्वन्द्वमा पुन्य ओझा, बाबु तामाङ, नृत्यमा दिनेश माङमु, जनक कार्की, एन्जल तामाङ मनोनयनमा छन् । फिल्ममा भने नाकछुङ, तङसिङ, चे आदि मनोनयनमा परेका छन् ।





