जापानी मीनासँग सलिनमानको रोमान्स

काठमाडौं । अभिनेता सलिनमान बनियाँ फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज’मार्फत दर्शकमाझ कमव्याक गर्ने तयारीमा छन् । सान्भी इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भइरहेको यस फिल्ममा सलिनमानले जापानी नायिका मीना यसोदासँग रोमान्स गर्ने भएका छन् ।

मीनालाई निर्माण टिमले फिल्मको अभिनेत्रीका रुपमा अनुबन्ध गरिसकेको छ। नेपाल र जापान दुवैको पारिवारिक पृष्ठभूमि (बुवा नेपाली र आमा जापानी) भएकी मीना हाल जापानमै बस्दै आएकी छन्।

अभिनेता सलिनमान आफैंले लेखेको कथामा बनिरहेको यस फिल्ममा सुरेश न्यौपानेको निर्देशन छ। फिल्मको मुख्य भूमिकामा सलिनमान र मीनाका साथै सलोन बस्नेत पनि देखिनेछन्।

फिल्मको मुख्य प्राविधिक टोलीमा सौरभ लामा (डिओपी), मन्दिप गौतम (स्क्रिन प्ले), सम्राट बस्नेत (एक्सन निर्देशन), मनोज श्रेष्ठ (भिएफएक्स), बन्दे प्रसाद (सम्पादन तथा ट्रेलर), मुकेश शाह (साउण्ड डिजाइन) र राजेन्द्र मोक्तान (कलर) रहेका छन्।