हरिबहादुरको जुत्तापछि श्रीनिवास घोषणा

काठमाडौं । फिल्म ‘हरिबहादुरको जुत्ता’ को सफलतापछि यही टिमले नयाँ फिल्म ‘श्रीनिवास’ निर्माण गर्ने भएको छ । गत दशैँको फूलपातीमा रिलिज भएको ‘हरिबहादुरको जुत्ता’ ले दर्शकको राम्रो साथ र सकारात्मक प्रतिक्रिया पाएको थियो।

एसएम मोसन पिक्चर्सले आफ्नो ब्यानरमा निर्माण हुने फिल्ममा हरिवंश आचार्य र अभिषेक खड्का प्रमुख भूमिकामा रहनेछन्। अभिषेकको डेब्यु फिल्म ‘कुमारी’ रिलिजको तयारीमा छ ।

सरोज ओली र मोहितवंश आचार्यको निर्माणमा तयार हुने फिल्ममा सजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन हुनेछ । उनीहरुले यसअघि फिल्म ‘बेहुली फ्रम मेघौली’ निर्देशन गरेका थिए । फिल्म ‘श्रीनिवास’ मा अभिमन्यु निरावीको लेखन रहनेछ।