काठमाडौं । तामाङ भाषा, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित तामाङ फिल्म ‘उर्गेन’को शुभारम्भ गरिएको छ। चलचित्र विकास बोर्डको सहयोगमा तामाङ चलचित्र संघले काठमाडौंको नारायणटारमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको शुभमुहूर्त गरेको हो।
बोर्डको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत आदिवासी जनजाति मातृभाषी फिल्मको विकास, विस्तार र प्रवर्द्धन गर्ने लक्ष्यसहित तामाङ चलचित्र संघलाई रु. ३ लाख ४५ हजार आर्थिक सहयोग उपलब्ध गराइएको बोर्डले जनाएको छ।
फिल्म ‘उर्गेन’ले तामाङ समुदायको जीवनशैली, भाषा र सांस्कृतिक पक्षलाई समेट्ने अपेक्षा गरिएको छ। साथै, यस्ता फिल्ममार्फत नेपाली फिल्म क्षेत्र थप विविध र समावेशी बन्ने विश्वास लिइएको छ।




