काठमाडौं । फिल्म ‘रोल नं १’को गीत ‘म्याग्दी रुमाले’लाई दर्शकले रुचाएका छन् । चार दिन अघि रिलिज गीतलाई सामाजिक सञ्जालमा उत्तिकै रुचाइएको छ । टिकटक तथा फेसबुक रिल्समा यो गीत धेरैले सेयर गरिरहेका छन् । गीतमा ठूलो संख्यामा टिकटक बनिरहेका छन् ।
रोमान्टिक र डान्सिङ नम्बरमा रहेको गीतलाई स्वतस्फूर्त रूपमा दर्शकले तारिफ गरिरहेका छन् । युट्युमा समीर सुनार लेख्छन्, ‘मलाई गीत साह्रै मनपरो । शब्द, स्वर र लय दामी छ ।’ उनले प्रशान्त सिवाकोटी र शान्ती श्री परियारको गायनको तारिफ गर्दै सिनेमा ‘रोल नं १’लाई सफलताको शुभकामना भनेका छन् ।
पवर्त, वाग्लुङलगायतका दर्शकले आफ्नो क्षेत्रको गीत तथा आफ्नो क्षेत्रमा फिल्म खिचिएको भनेर सफलताको शुभकामना दिइरहेका छन् । गीतमा प्रशान्त शिवाकोटी र शान्तिश्री परियारको स्वर, सुष्मा सिग्देलको शब्द र प्रशान्तकै संगीत छ । प्रशान्त र शान्तिश्रीलाई गायनमा सुरज तामाङ, विकास लिम्बू, दिवेश राई, दीपा सुहाङ, अप्सु योगी र मान्मा बी राईले साथ दिएका छन् । भिडियोमा विनोद न्यौपाने र जुना विश्वकर्मालगायतको अभिनय छ ।
विनोद पौडेलको निर्माण रहेको फिल्म आगामी जेठ १५ गते प्रदर्शनमा आउँदै छ । फिल्मले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ । जोन योञ्जनको निर्देशन रमा तयार भएको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ । फिल्मको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् । विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।





