काठमाडौं । टंक वुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘मन विनाको धन २’मा कलाकार महेश त्रिपाठी अनुवन्धित भएका छन् । टंकले महेशसँग कागजी संझौता गरिसकेका छन् ।
महेशको भूमिकाबारे निर्माण पक्षले केही खुलाएको छैन । तर, एउटा पारिवारिक र सामाजिक कथामा फिल्म बनाउने तयारी टंकको छ । यसअघि यो फिल्ममा पूजा शर्मा अनुवन्धित भइसकेकी छिन् ।
फिल्ममा पटकथा तथा संवाद शिवम् अधिकारीको रहनेछ । अहिले, शिवम्ले धमाधम यो फिल्मको कथा लेखिरहेका छन् । फिल्ममा कथा र संगीत पनि टंककै रहनेछ ।
टंकले फिल्मको सबै पात्रमा नाम चलेका र दर्शकले रुचाएका कलाकारलाई अनुवन्धित गर्ने योजना रहेको सुनाए । टंक वुढाथोकी फिल्मस्को व्यानरमा यो फिल्म बन्न लागेको हो ।
यो फिल्मलाई विष्णु माया मैनालीले निर्माण गर्नेछिन् ।





