चर्चामा चन्द्रको निरहुआ चलल लण्डन

मुम्बई(एजेन्सी) । हालका दिनमा इन्टरनेटमा हिन्दी फिल्मको जस्तै भोजपुरी फिल्मको ट्रेलरले पनि निकै चर्चा पाउँदै गइरहेको छ । यही क्रममा भोजपुरी फिल्मका प्रख्यात अभिनेता दिनेश लाल यादव निरहुआको बहुचर्चित फिल्म ‘निरहुआ चलल लण्डन’को ट्रेलर पनि युट्युबमा निकै रुचाइएको छ । हालै सार्वजनिक गरिएको ट्रेलरमा दिनेश निकै दमदार भूमिकामा देखिएका छन् । फिल्ममा अभिनेत्री आम्रपाली दुबे पनि शानदार भूमिकामा देखिएकी छन् ।

पशुपतिनाथ प्रोडक्शनको व्यानरमा बनेको फिल्ममा सोनू खत्री निर्माता र वल्र्ड वाइड रेकर्डस् सह निर्माता छ । फिल्मका प्रस्तुतकर्ता अनिल काबरा हुन् । फिल्मलाई चार अलग अलग चरणमा नेपाल, मुम्बई र लण्डनमा खिचिएको छ । भोजपुरी फिल्ममा निरहुआ र आम्रपालीको जोडी निकै हिट मानिन्छ । गत २६ फेब्रुअरीमा युट्युबमा अपलोड गरिँदा एक हप्तामा २२ लाख बढीले हेरिसकेका छन् ।

नेपालमा द्वन्द्व निर्देशनमा अब्बल मानिएका चन्द्र पन्तको डेब्यु निर्देशन रहेको फिल्ममा दिनेशलाल यादव निरहुआ, आम्रपाली दुबे, सुनील थापा, सबिन श्रेष्ठ, मनोज सिंह टाईगर, किरण यादव, गोपाल राय, अनूप अरोरा, सन्तोष पहलवान प्रमुख भूमिकामा छन् ।