काठमाडौं । गीतकार सतिश चापागाईको शब्द रहेको गीत ‘लोभी नजर’ सार्वजनिक भएको छ । गीतमा गायिका तथा संगीतकार बबिना भट्टराईको स्वर र संगीत तथा विश्व अधिकारीको एरेन्ज छ । ओपल स्टुडियोमा शंकर लिम्वुले रेकर्ड गरेको गीतमा विश्व अधिकारीको मिक्सिङ मास्टरिङ छ । गीतमा वाद्यवादन तर्फ गितार विश्व अधिकारी, मादल पोषण घर्ती मगर,बाँसुरी गोपाल देव, सारङ्गी हेमन्त कान्छा रसाइली छन् ।
रिमा फिल्मस्को प्रोष्ट प्रोडक्शनमा निर्माण भएको भिडियोमा दिनेश विष्टको छायांकन तथा मिराज अर्यालको सम्पादन, कलर र निर्देशन छ । भिडियोमा बबिना, आशिष खतिवडा, आशिष अर्याल, शान्ति भट्ट, दीक्षा चौधरी, र बाल कलाकारहरु आलोक अर्याल, आरुसी अर्यालको अभिनय छ ।
भिडियो गीतकार सतिश चापागाईको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।







