काठमाडौं । आगामी दशैंको फूलपातीमा रिलिज हुने घोषणा गरिएको फिल्म ‘१२ गाउँ’ को सिक्वेल ‘१२ गाउँ २’ को छायांकन सुरु गरिएको छ। निर्देशक विराज भट्टको निर्देशनमा बन्न लागेको फिल्मको सुटिङ बुधबारदेखि गीत छायांकनबाट सुरु गरिएको हो। फिल्मको छायांकन काठमाडौं, सिन्धुपाल्चोक र चितवनलगायत विभिन्न स्थानमा हुनेछ।
फिल्ममा बिराज भट्ट, समिर भट्ट, अनुप विक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी र पूर्णबहादुर गन्धर्वलगायत कलाकारहरूको अभिनय रहनेछ।
फिल्ममा महेश पौडेलको छायांकन, सन्तोष सरकारको कथा तथा पटकथा, इस्टनर सिल्वाको एक्सन र शंकर महर्जनको फाइट कोरियोग्राफी, युग भुसाल, देबेन्द्र बराल र डीपी खनालको संगीत हुनेछ । फिल्ममा नृत्य निर्देशन सियोन श्रेष्ठको हुनेछ । वितरणतर्फ उपत्यकामा काफिया फिल्म्स प्रालिले र उपत्यका बाहिर कुबेर फिल्म्सले जिम्मा लिएका छन्।





