महेन्द्र र कलाको माया पिरती सबै खल्ली बल्ली

काठमाडौं । गायक महेन्द्रराज बराल र कला लम्सालको स्वरमा दोहरी गीत ‘माया पिरती सबै खल्ली बल्ली’ को भिडियो सार्वजनिक भएको छ ।

रमेश परियारको शब्द तथा संगीत, कृष्ण केसीको संगीत संयोजन रहेको गीतको भिडियोमा विजय पुन, तुलसी गुरुङ लगायतको अभिनय छ ।

भिडियोमा अजय रेग्मीको छायांकन, मनोज कार्कीको सम्पादन, बिक्रम चौहानको निर्देशन रहेको छ ।